बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफको प्रतिवद्धता

बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफको प्रतिवद्धता


बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफको प्रतिवद्धता

पाकिस्तान । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एबम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आगामी आम निर्वाचनबाट बहुमत पाई सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाकिस्तानी समाचार च्यानल जिओ न्यूजका अनुसार नवाजले दुबईमा विभिन्न खाडी मुलुकका पीएमएल–एन प्रतिनिधिमण्डलसँग कुरा गर्दै उक्त टिप्पणी गरेका छन् ।

नवाजले सत्तारुढ दल पीएमएल–एनले जनताले भोगिरहेका सबै समस्या र अप्ठ्याराको समाधान गर्ने बताएका छन् ।

स्वास्थ्यको कारण देखाउँदै नोभेम्बर २०१९ देखि लण्डनमा बस्दै आएका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियम नवाज जुन २४ मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका हुन् । उनीहरूले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का शीर्ष नेता आसिफ अली जरदारी र बिलावल भुट्टो–जरदारीलगायत महत्वपूर्ण पाकिस्तानी नेतासँग आगामी निर्वाचन र पाकिस्तानी समस्याबारअ‍े छलफल गरेका हुन् ।

यसै साताको सुरुमा नवाजले जरदारीसँग दुबईको शेख जायद रोडमा रहेको एक होटलमा भेट गरेका थिए । स्रोतहरूलाई उद्धृत गर्दै द न्यूज इन्टरनेसनल पत्रिकाले लेखेको छ, “विधानसभा विघटन, आम निर्वाचनको मिति, पञ्जाबमा सीट समायोजन र अन्य महत्वपूर्ण मुद्दाहरूमा दुई प्रमुख राजनीतिक दलका नेताहरूबीच छलफल भएको थियो ।”


प्रकाशित मिति: सोमबार, १८ असार, २०८०, १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९