वर्षायाममा खाद्यान्न अभाव हुँदैन : उद्योग मन्त्रालय

वर्षायाममा खाद्यान्न अभाव हुँदैन : उद्योग मन्त्रालय


वर्षायाममा खाद्यान्न अभाव हुँदैन : उद्योग मन्त्रालय

काठमाडौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने बताएको छ ।

देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । +खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरुमा ३६ हजार ३ सय ५६ क्वीन्टल खाद्यान्न मौजाद छ । त्यस्तै अति दुर्गम तथा दुर्गम जिल्लाहरुमा २५ हजार ५ सय ५ क्वीन्टल खाद्यान्द मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्याङ्क छ ।

प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ । हाल २६ हजार ३ सय ७५ क्वीन्टल धान मौजाद छ ।भारतबाट आयात कोटा अन्तरगत साल्ट ट्रेडिङ मार्फत तत्काल ३४ हजार ३ सय २० क्वीन्टल गहुँ तत्काल प्राप्त हुने छ ।

यसो गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कुल २ लाख ६६ हजार ३ सय क्वीन्टल खाद्यन्न मौजाद रहनेछ । हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार १०० क्वीन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाईएको छ ।

चालु आर्थक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लाहरुमा १७ हजार ८ सय ३० मेट्रिक टन खाद्यन्न ढुवानी भएको छ । बढी खाद्यान्न समस्या देखिएको हुम्लामा ४ हजार क्वीन्टल कोटा थप गरी हवाइमार्गबाट दैनिक ढुवानी भइ वितरण भइरहेको छ ।

बझाङमा पनि १ हजार क्वीन्टल कोटा थप गरिएको छ। पूर्वी जिल्लाहरुमा पनि पर्याप्त खाद्यन्न मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्पष्ट पारेको छ ।पालिका स्तरमा भने खाद्यान्न सञ्चिती गर्ने गोदाम नभएकाले आवश्यक मात्रामा विक्रि केन्द्रहरुमा खाद्यान्न ढुवानी गरेर विरतण भइरहेको कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षमा हालसम्म पालिका स्तरबाट माग भएका स्थानहरुमा ४७ हजार ३ सय ३४ क्वीन्टल चामल वितरण भइसकेको छ । कतीपय स्थानमा भने माग नै नभएकाले आपूर्ति नगरिएको कम्पनीले जनाएको छ ।

 

 


प्रकाशित मिति: सोमबार, १८ असार, २०८०, १७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९