सेयर बजारमा झिनो अंकको गिरावट

सेयर बजारमा झिनो अंकको गिरावट


सेयर बजारमा झिनो अंकको गिरावट

नेप्से स्थिरप्रायः रहँदा बढ्यो कारोबार रकम

काठमाडौ । सेयर बजारमा सोमबार झिनो विन्दुको गिरावट आएको छ । सूचक सामान्य प्रभावित हुँदा कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन सूचक ०.८० विन्दुले घटेर सूचक २०७६.९६ विन्दुमा अडिएको छ । ३ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा असार मसान्तको प्रभाव भने विस्तारै कम हुँदै गएको छ । मसान्तमा तिर्नुपर्ने साँवा–ब्याजको लगानीकर्ताले जोहो गरिसकेको बजारले संकेत गरिरहेको छ ।

यस दिन २९३ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड रुपैयाँभन्दा बढी सहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्याेरेन्स र प्राइम बैंकको संस्थापक सेयर परेका छन् ।


प्रकाशित मिति: सोमबार, २५ असार, २०८०, १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९