काठमाडौँ । ललिता निवासको सरकारी जग्गा अपचलन गरेको अभियोगमा पक्राउ परेका १४ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत १४ जनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।
गतआइतबार प्रहरीले पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो । यस्तै, त्रिभुवन विमानस्थलबाट सरकारका उच्च पदस्थ व्यक्ति सतिव राउत पक्राउ परेका थिए ।
आज मंगलबार यो प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९