बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु

बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु


बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु

ढाका। बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।

मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।

हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।


प्रकाशित मिति: बुधबार, २७ असार, २०८०, १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९