सिरहामा प्रहरी जवानलाई नै पाता कसेर यातना

सिरहामा प्रहरी जवानलाई नै पाता कसेर यातना


सिरहामा प्रहरी जवानलाई नै पाता कसेर यातना

काठमाडौं । जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना सामाजिक संजालमा भाइरल बनेको छ ।

प्रहरी जवान अनु रायलाई बढि डियटी गराएकाले उक्त गुनासो पेश गर्नका लागि जाँदा मंगलबार साँझ प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीले बताएका छन् । उनका भाइ रजनिस रायका अनुसार पिडित प्रहरीलाई १२ घण्टासम्म पाता कसेर यातना दिएको छ ।

सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए । मादक पर्दाथ सेवन गरेर नराम्रो काम गरेकाले नियन्त्रणमा लिएर चेतना दिएको लिम्बुको भनाइ छ ।

एसपीले मादक पदार्थ सेवन गरेको आरोप लगाएपछि उनका भाइले तत्कालै प्रादेशिक अस्पताल सिरहामा मेडिकल टेस्ट गराएका थिए । उक्त मेडिकल रिपोर्टमा भने मादक पदार्थ सेवन नगरेको पाइएको छ ।


प्रकाशित मिति: बुधबार, २७ असार, २०८०, १७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९