झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भष्टाचार मुद्दा

झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भष्टाचार मुद्दा


झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भष्टाचार मुद्दा

काठमाडौँ । झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।

जिल्ला झापा, झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ कि.मि.बाटो बनाउन अनुगमन नगरी झुट्ठा बिल भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी २२ लाख नौ हजार ८२३ रुपैयाँ बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोगले दायर झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलराज दंगाल, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष समेत ११ जना विरुद्ध मुद्दा चलाएको हो । आरोपीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र सजाय गर्न आयोगले माग गरेको छ ।


प्रकाशित मिति: बुधबार, २७ असार, २०८०, १७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९