ललिता निवास प्रकरणमा सकियो चार जनाको बयान

ललिता निवास प्रकरणमा सकियो चार जनाको बयान


ललिता निवास प्रकरणमा सकियो चार जनाको बयान

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ४ जनाको बयान सकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसा बिहीबार सम्ममा ४ जनाको बयान सकिएको हो ।

ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई थुनामा राखेर प्रहरीले अनुसन्धान जारी राखेको छ । थुनामा रहेका मध्ये रमेश कुमार पोखरेल, घमान कुमार कार्की, बाबुराजा महर्जन र शिवजी भट्टराईको बयान सकिएको स्रोतले जनाएको छ ।

गत असार १८ गते पक्राउ परेका रमेश कुमार पोखरेल समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख हुन् भने घमान कुमारी कार्की नापी सर्वेक्षक हुन् । बालुवाटारको जग्गामा ‘नक्कली मोही’ लाई जम्मा गरेर जग्गा दाबी गर्ने कामको नेतृत्व बाबुराजा महर्जनले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, २९ असार, २०८०, १७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९