भारतले फ्रान्ससँग २६ राफेल युद्ध बिमान खरिद गर्ने

भारतले फ्रान्ससँग २६ राफेल युद्ध बिमान खरिद गर्ने


भारतले फ्रान्ससँग २६ राफेल युद्ध बिमान खरिद गर्ने

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने फ्रान्स भ्रमणवाट फर्केका छन् । 

यो भ्रमण दुवै देशका लागि निकै महत्वपूर्ण मानिएको छ । यस भ्रमणका क्रममा दुई देशबीच विभिन्न परियोजनामा ​​सम्झौता भएका छन, जसअनुसार अब भारत सरकारले भारतीय नौसेनालाई नवीनतम पुस्ताको लडाकु विमानले सुसज्जित गर्न राफेल मरीन छनोटको घोषणा गरेको छ।

भारतीय नौसेनाका ३६ राफेल युद्ध बिमानहरू पहिले नै सेवामा रहेको बेला फ्रान्स भ्रमण पछि थप २६ राफेलहरूमा सामेल हुने भएका छन ।

भारतमा सञ्चालन गरिएको सफल परीक्षण अभियान पछि यो सम्झौता बाहिर आएको हो, जसमा नौसेना राफेलले भारतीय नौसेनाको परिचालन आवश्यकताहरू पूरा गर्दछ र यसको विमान वाहकको स्पेसिफिकेशनहरूमा पूर्ण रूपमा उपयुक्त छ भनेर देखाएको छ।

डिफेन्स एक्विजिसन काउन्सिलले बिहीबार भारतीय नौ सेनाका लागि २६ लडाकू विमान राफेल एम खरिद गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। रक्षा अधिकारीहरूले जानकारी दिएका छन कि ३६ विमान मध्ये २२ एकल सीटर र ४ ट्वीनसीटर छन्। यी विमान फ्रान्सको दासल्ट एभिएसनबाट खरिद गरिने छ ।

जानकारी अनुसार राफेल मरीन आईएनएस विक्रान्तमा तैनाथ हुन लागेको छ । सेप्टेम्बर २०१६ मा भारतले फ्रान्सबाट ५९ हजार करोड रुपैयाँमा ३६ राफेल विमान किनेको थियो ।

उल्लेखनीय कुरा के छ भने, यो प्रस्ताव रक्षामन्त्री राजनाथ सिंहको नेतृत्वमा रहेको डिफेन्स एक्विजिसन काउन्सिल (डीएसी) ले अनुमोदन गरेको थियो। मरिन राफेल नौसेनामा सामेल भएसँगै नौसेनाको शक्ति मात्र बढ्ने छैन, यसको साथसाथै सैन्य पराक्रममा पनि वृद्धि हुनेछ।

 


प्रकाशित मिति: शनिबार, ३० असार, २०८०, १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९