साढे १४ हजार परीक्षणमा साढे चार हजार सङ्क्रमित

साढे १४ हजार परीक्षणमा साढे चार हजार सङ्क्रमित


साढे १४ हजार परीक्षणमा साढे चार हजार सङ्क्रमित


काठमाडौँ, । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण चार हजार ६३६  जनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा चार हजार ६३६ सङ्क्रमण पुष्टि भएको हो । 
सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ ।  

पछिल्लो समय थप ३५० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १६ हजार ३ पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा चार जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६१७ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । 

अनुसार ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, चितवन, भक्तपुर, कास्की र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व,  बाँके र  रुपन्देही  कैलाली रहेका छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेसनमा २०  हजार ५३६ ,संस्थागत आइसोलेसनमा एक हजार ४८ आइसियुमा ११९ र भेन्टिलेटरमा २६ जनाको उपचार हुँदैछ । 

चार लाख बढीले खोप लगाए

विगत २४ घण्टामा आज चार लाख ३५ हजार १९३ जनाले खोप लगाएका छन् ।
अहिलेसम्म पहिलो मात्रा एक करोड ५८ लाख १४ हजार ३८३ जना र पूर्ण मात्रा एक करोड २० लाख ९९ हजार ८०५ जनाले लगाइसकेका छन् ।


प्रकाशित मिति: शनिबार, १ माघ, २०७८, २१:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९