प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रण गर्न एमालेको २२ बुँदे ध्यानाकर्षण पत्र

प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रण गर्न एमालेको २२ बुँदे ध्यानाकर्षण पत्र


 प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रण गर्न एमालेको २२ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)ले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचारमा पहल कदमी लिनका लागि २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । 
प्रधानमन्त्री देउवालाई भेटी एमालेका उपाध्यक्ष एवम संसदीय दलका उपनेता  सुवाषचन्द्र नेम्वाङको नेतृत्वमा गएको टोलीले आज २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।  

एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागले बुझाएको ध्यानाकर्षण पत्रका जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान संचालन गर्न, खोपकेन्द्रको संख्या बृद्धि गरी सबै उमेर समूहका नागरिकहरूलाई तत्काल खोप उपलब्ध गराउनुपर्ने, र राज्यका निकाय र कुटनीतिक क्षेत्रको सक्रियता बढाउन र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउन र पर्याप्त भण्डार केन्द्र स्थापना गर्न माग गरिएको  छ । 

तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ बिपत व्यवस्थापन कार्य संचालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिङ सेन्टरको व्यवस्थापन गरी संचालन गर्नुपर्ने, थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्न, स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउन समेत एमालेले माग गरेको छ । 

पत्रमा राज्यको सबै संयन्त्र तथा राजनीतिक दलका बीचमा समन्वयात्मक परिचालन गर्नुपर्ने, सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजको समन्वयात्मक परिचालन गर्नुपर्ने, पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, परीक्षण, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्नुपर्ने लगायतमा माग राखिएको छ । 

यस्तै आवश्यकताअनुसार पुनः स्थापना केन्द्र संचालन गर्नुपर्ने, औषधी, खाद्यान्नलगायत अति आवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्ने, अस्पतालको स्तर बृद्धि गरी थप सेवा संचालन गर्नुपर्ने जस्ता माग पनि छन् । 

बुस्टर डोजको व्यवस्था तत्काल मिलाउनुपर्ने, राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउने समेत एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । 

यस्तै कोभिड–१९ बाट मृत्यु भएकाले आश्रित परिवार (गर्भवती महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्ग र अशक्त) लाई पुनस्र्थापनाको व्यवस्था गर्ने, स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउन र दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सुचारू राख्ने पनि पत्रमा उल्लेख गरिएको छ ।

एमालेले अर्थतन्त्रमार्फत् विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्ने, वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउन, विदेशमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकसँग पहलकदमी लिन समेत माग गरेको छ । 

स्वास्थ्य विभाग प्रमुख योगेश  भट्टराई, स्थायी कमिटी सदस्य खगराज अधिकारी, नेता कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई लगाएको प्रतिनिधिमण्डलको टोलीले सरकारले कोरोना भाइरस नियन्त्रणमा सरकार ११ कमजोरी समेत औल्याएको छ ।

 


प्रकाशित मिति: शनिबार, १ माघ, २०७८, २१:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९