राष्ट्रिय भलिबल टोलीको कप्तान थापा बर्खास्त

राष्ट्रिय भलिबल टोलीको कप्तान थापा बर्खास्त


राष्ट्रिय भलिबल टोलीको कप्तान थापा बर्खास्त

काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय टोलीको कप्तान हरिहजुर थापालाई पदबाट बर्खास्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरिहजुरलाई कप्तानीबाट पद मुक्त गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको घटनामा हरिहजुर दर्शकतर्फ आक्रोशित भएको भूमिकाप्रति संघ सन्तुष्ट हुन नसकेकोले कारवाही गरिएको श्रेष्ठले बताए ।

संघले गत महिना मात्र हरि हजुरलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । इम रानाले राष्ट्रिय टोली प्रशिक्षणमा सहभागी नहुने निर्णय गरेपछि हरिहजुर नयाँ कप्तान नियुक्त भएका थिए । हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो । जसमा नेपालले सबै ६ खेल गुमाएको थियो ।

पिएम कपकै सोमबारको सो घटनामा दर्शकलाई हात पात गरेका राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई संघको शनिबार बसेको कार्यसम्पादन समितिले ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको छ । सोही घटनामा आक्रोशित व्यवहार देखाएका राष्ट्रिय टोलीका सदस्य समेत रहेका आर्मीका राजेन्द्र विष्ट र अर्का खेलाडी धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । त्यस्तै अर्का खेलाडी दुर्गाबहादुर खड्कालाई सचेतना गराउने निर्णय गरेको संघले गरेको छ ।

घटनाका बारेमा छानविन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको शनिबार बसेकोे बैठकले कारवाही गरेको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, ३१ असार, २०८०, १७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९