सेयर बजार १२.१६ अंकले बढ्याे

सेयर बजार १२.१६ अंकले बढ्याे


सेयर बजार १२.१६ अंकले बढ्याे

काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १२.१६ अंकले बढेर दुई हजार ९७ दशमलब ९ विन्दुमा पुगेर बन्द भएको हो ।

आज दुई अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सनराइज फोकस्ड इकयुटी फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्राथ फण्ड, सिटिजन्स म्युचुहल फण्ड २, माछापुच्छ्रे बैंक डिभेञ्चर, गरिमा विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यसको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १९ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रकाशित मिति: आइतबार, ३१ असार, २०८०, १७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९