काठमाडौँ । वायुसेवा कम्पनीहरूले भोलिदेखि आन्तरिक उडानको भाडादर बढाउने निर्णय गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्रीले हवाई यातायात सेवालाई मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्य गरेसँगै भाडा बढाउने निर्णय भएको हो ।
नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडा दरमा भ्याटको मूल्य समायोजन गर्ने जानकारी दिएको हो ।
भ्याटमा लाग्ने मूल्य यात्रुबाटै उठाउने गरी साउन १ बाट भाडादर बढाउने संघले जनाएको हो । मूल्य अभिवृद्धि कर १३ प्रतिशत रहेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९