आर्थिक वर्ष २०८०/०८१ सुरु, आजदेखि नयाँ कर कार्यान्वयन

आर्थिक वर्ष २०८०/०८१ सुरु, आजदेखि नयाँ कर कार्यान्वयन


आर्थिक वर्ष २०८०/०८१ सुरु, आजदेखि नयाँ कर कार्यान्वयन

काठमाडौं ।आजदेखि नयाँ आर्थिक वर्ष ०८०/८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन्। जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन्।

आयकर ऐन २०५८ मा भएको संशोधन साउन १ देखि लागु हुँदै छ। यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर लाग्थ्यो। तर, अब आजदेखि वार्षिक ५० लाखभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने भएको छ।

त्यस्तै नयाँ आर्थिक वर्षदेखि पहिलोपटक विलासिता शुल्क कार्यान्वयनमा आउने भएको छ। अब पाँचतारे होटेल वा त्यसभन्दा माथिका होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाइएको छ। साथै १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि विलासिता शुल्क लाग्नेछ।

यस्तै, वैदेशिक पर्यटन शुल्क पनि आजदेखि नै लागु हुनेछ। जसअनुसार ट्राभल एजेन्सीले बिक्री गर्ने वैदेशिक भ्रमणको प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्नेछ।

वैदेशिक रोजगार सेवा शुल्क अर्थात् वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई तिरेको रकमको १ प्रतिशत शुल्कको व्यवस्था पनि आजैदेखि नै कार्यान्वयनमा आउनेछ ।

भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ। साथै थप सार्वजनिक सेयर निष्कासन एफपीओमा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ।

 


प्रकाशित मिति: सोमबार, १ साउन, २०८०, १०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९