उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी स्थानीयले रोके

उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी स्थानीयले रोके


उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी स्थानीयले रोके

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी स्थानीयले रोकेका छन् । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न रोकेका हुन् । उनीहरूले सोमबार बिहानैबाट सडक अवरोध गरेर बञ्चरेडाँडातर्फ गाडी प्रवेश रोकेका छन् ।

काठमाडौँ महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको र संघीय सरकारले फोहोर व्यवस्थापनमा चासो नदिएको स्थानीयको आरोप छ । अहिले ककनी वडा नं ३ र ५ तथा धुनीबेसी–१ का स्थानीय प्रदर्शनमा उत्रिएका छन् । ककनीतर्फका जनप्रतिनिधि पनि प्रदर्शनमा सामेल छन् ।

त्यहाँ अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकमा फोहोर बोकेका र अन्य गाडीको लामो लाइन लागेको छ । केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि अहिले जनप्रतिनिधिहरू नै फोहोर विसर्जन गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।


प्रकाशित मिति: सोमबार, १ साउन, २०८०, १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९