थप ४९६१ जनामा कोरोना संक्रमण

थप ४९६१ जनामा कोरोना संक्रमण


थप ४९६१ जनामा कोरोना संक्रमण

काठमाडौँ, । पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४३५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले आइतबार कोरोना प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा ४ हजार ६३६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ५४५, भक्तपुरमा ३२६ र ललितपुरमा ४७४ जना गरी काठमाडौँ उपत्यकामा ३ हजार ३४७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १ हजार ९६ र होम आइसोलेसनमा २४ हजार ५८४ जना रहेका छन् ।

त्यस्तै आइसीयूमा १ सय २२ जना भेन्टीलेटरमा २९ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप ३जनाको मृत्यु भएको सह प्रवक्ता डा अधिकारीले बताए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको छ ।


प्रकाशित मिति: आइतबार, २ माघ, २०७८, १९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९