सुनको भाउ बढ्याे, चाँदीकाे स्थिर

सुनको भाउ बढ्याे, चाँदीकाे स्थिर


सुनको भाउ बढ्याे,  चाँदीकाे स्थिर

काठमाडौ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला ३०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ।  चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित मिति: मंगलबार, २ साउन, २०८०, १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९