सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान

सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान


सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट गायब भएको सुन प्रकरणमा पक्राउ परेका ३ जना कर्मचारीसहित ५ जना मुद्दाको पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि कारागार पठाउनले आदेश दिएको हो।

कारागार चलान हुनेमा नेपाल सरकारका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ काठमाडौंको न्युरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले र पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विक रहेका छन्।

२०७९ पुस २९ गते २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद बस्तु रहेको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बरामद गरेको थियो।

जाँचका क्रममा ती सामान इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशंकामा छानबिन गरेको थियो।

 


प्रकाशित मिति: मंगलबार, २ साउन, २०८०, १३:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९