बञ्चरेडाँडामा आज पनि फोहोर फाल्न अवरोध

बञ्चरेडाँडामा आज पनि फोहोर फाल्न अवरोध


बञ्चरेडाँडामा आज पनि फोहोर फाल्न अवरोध

काठमाडौं । ककनी र धुनिबेँसीका स्थानियको विरोधका कारण सिसडोलको बञ्चरेडाँडामा आज पनि फोहोर बिसर्जनमा अवरोध भएको छ।

बञ्चरेडाँडामा फालिएको फोहोरका कारण मानवबस्तीमा जीवनयापन गर्न कठिनाई भएको र फोहोर व्यवस्थापनमा कुनैपनि सुधार नआएको भन्दै सोमबारदेखि स्थानियबासीआन्दोलित छन् ।

‘स्थानियहरुले कि हामिलाई मारिदे, कि बस्ती सारिदे’ भन्ने नारा लेखिएको पम्पलेट टागेर सडकमाआन्दोलन गरिरहेका छन् । स्थानियले जग्गा अधिग्रहणको माग राखेर सडक अवरूद्ध गरिरहेको काठमाडौं महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले बताए ।

यसअघि भएका सम्झौताको १८ बुँदामध्ये अधिकांश पूरा भइसकेकाले अहिलेको माग पूरा गर्न नसक्ने उनले बताए । उनले सिसडोलको व्यवस्थापनका लागि काम भइरहेको बताए।

 


प्रकाशित मिति: मंगलबार, २ साउन, २०८०, १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९