ओमिक्रोन रोकथाम गर्न सरकारको ३६ बुँदे आदेश (आदेशमा के के छन्)

ओमिक्रोन रोकथाम गर्न सरकारको ३६ बुँदे आदेश (आदेशमा के के छन्)


ओमिक्रोन  रोकथाम गर्न  सरकारको ३६ बुँदे आदेश (आदेशमा के के छन्)

सरकारले कोरोना महामारीको तेस्रो लहर नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ । कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरिएको हो

शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश अनुमोदन गर्दै लागू गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले विभिन्न प्रतिबन्धका आदेशहरु जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। 

आदेश अनुसार सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट तथा पसलमा एक पटकमा २५ जनाभन्दा बढी ग्राहकलाई राख्न पाइने छैन ।

सिनेमा हल, डान्सबार, दोहोरी नाचघर लगायतका ठाउँहरु माघ १५ सम्म बन्द हुने आदेशमा भनिएको छ।

धार्मिक तथा साँस्कृतिक जात्रा, पर्व, विवाह, मृत्यु संस्कार लगायत  क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी भेला हुन नपाइने भएको छ ।  जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्न पाइने भएको छ। 

 विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाउनु पर्ने भएको छ।

जनस्वस्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित धनी वा सञ्चालकको हुनेछ । पार्टी प्यालेसमा एकपटक कूल क्षमताको बढीमा एकतिहाइ नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने र सम्बन्धित जिल्ला प्रशासनबाट स्वीकृती लिन पर्नेछ । सरकारले विवाह, व्रतबन्ध, न्वारन र पास्नी जस्ता धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्यक्रम भौतिक दूरीलगायत जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने भएको छ ।

रङ्गशालामा दर्शकसहितको खेल गर्दा कूल क्षमताको एकतिहाइ मात्र हुने गरी जनस्वास्थ्य पालना गरी सञ्चालन गर्न पाइने छ । उपस्थित दर्शकमध्ये आयोजनाको खर्चमा एकतिहाइ दर्शकलाई रेण्डम छनौटका आधारमा ए्न्टिजेन परीक्षणको व्यवस्था मिलाउन पर्नेछ । यही माघ ७ गतेपछि त्यस्ता खेलकुदमा खोपका मात्र पूरा गरेकालाई खोप कार्डका आधारमा रङ्गशालामा प्रवेश गर्न दिइने छ।

धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, नित्य संस्कारलगायतका अत्यावश्यक परम्परागत धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा ५० भन्दाबढी व्यक्ति हुन नहुने उल्लेख छ ।


प्रकाशित मिति: आइतबार, २ माघ, २०७८, १९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९