नेपाली महिला फुटबलरलाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी

नेपाली महिला फुटबलरलाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी


नेपाली महिला फुटबलरलाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।

बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको हो । उनी इजरायलको क्लव हापोएल रानानाबाट युरोपमा लिग खेल्दै छिन्।

बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदुत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए । उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

फरवार्ड सावित्रा भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन् । उनले एशियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् ।

सावित्राले दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन् । उनले आफ्नो यो यात्रा भावि पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बददल्न आवश्यक रहेको बताइन् ।

 


प्रकाशित मिति: बुधबार, ३ साउन, २०८०, १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९