कञ्चनपुरमा विङ्गर र सरकारी जिप ठोक्किँदा ९ जना घाइते

कञ्चनपुरमा विङ्गर र सरकारी जिप ठोक्किँदा ९ जना घाइते


कञ्चनपुरमा विङ्गर र सरकारी जिप ठोक्किँदा ९ जना घाइते

कञ्चनपुर। कञ्चनपुरमा सवारीसाधन एक आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।

कृष्णपुर नगरपालिका–२ बंकमा विङ्गरले जिपलाई ठक्कर दिँदा ९ जना घाइते भएका हुन्। म १ ज २८७ नम्बरको विङ्गरले से १ झ २४६ नम्बरको जिपलाई ठक्कर दिँदा ९ जना घाइते प्रहरीद्ये ज नाएको छ।

सरकारी नम्बर प्लेटको जिप कृष्णपुर नगरपालिकाको भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा बैतडी दशरथ चन्द नगरपालिका–२ का २४ वर्षीय आनन्द पुजारा, बझाङका ३० वर्षीय गणेश बोहरा, ४७ वर्षीय जयलाल बोहरा, कञ्चनपुरको वेदकोट नगरपालिका–६ का ४० वर्षीय महेश भट्ट, ३५ वर्षीय प्रकाशचन्द्र भट्ट, कृष्णपुर नगरपालिका–२ का प्रकाश नाथ, शुक्लाफाँटा नगरपालिका–६ की ६० वर्षीया चन्द्रादेबी ऐर, ४७ वर्षीया शान्तिदेबी ऐर र कृष्णपुर नगरपालिका–५ का ३५ वर्षीय जनक भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको भनाइ छ।

दुर्घटनामा घाइते भएका जिपका चालक जनक भण्डारीलाई उपचारका लागि निसर्ग हस्पिटल धनगढीमा लगिएको छ। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: शुक्रबार, ५ साउन, २०८०, १७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९