काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्न पाइने भएको छ ।
शुक्रबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेपछि उनीहरूलाई पक्राउ गर्ने बाटो खुलेको हो ।
ललिता निवास प्रकरणमा आफूहरूलाई पक्राउ नगर्न भन्दै कलाधर देउजासहित १७ जनाले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका थिए ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट अन्तरिम आदेश लिएसँगै उनीहरू पक्राउ हुनबाट बच्दै आएका थिए ।
सोही आदेशविरुद्ध सीआइबी भ्याकेट निवेदन दिएको थियो । सीआइबीको निवेदनमा सर्वोच्चले रिट जारी गर्दै पहिलेको अन्तरिम आदेश खारेज गरिदिएको हो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९