काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि अनलाइन आवेदन आह्वान गरेको ८ दिनमा १ हजार ८३ जनाको दरखास्त परेको छ ।
महानगरले असार २८ गते विहान १० बजेबाट अनलाइन फाराम खोलेको थियो । उक्त समयदेखि साउन ४ गते अपराह्न साढे ३ बजेसम्म छात्रवृत्तिका लागि १ हजार ८३ जनाले फाराम भरेको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरका अनुसार सबैभन्दा धेरै आवेदक विज्ञान संकायका छन् । जसमध्ये ५४९ जना छात्र र २२७ जना छात्रा हुन् । यस्तै दोस्रोमा व्यवस्थापन संकायका लागि २३९ जना छन् । यस संकायतर्फ छात्रको संख्या १४८ र छात्राको संख्या ९१ छ ।
यस्तै प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुनतर्फ १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा एवं शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९