नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या


नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

आइतबार बिहान मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरेर पुनः भारततिर नै लागेको धनुषा प्रहरीले जनाएको छ । गोली लागेकी महिलाको अहिलेसम्म पहिचान हुन नसकेको स्रोतले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएपछि भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको छ ।

नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वयमा सो घटनाका वारेमा अनुसन्धान भइरहेको गौतमको भनाइ छ ।

 


प्रकाशित मिति: आइतबार, ७ साउन, २०८०, ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९