सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका २२ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी हेडक्वार्टरले बुधबार एक सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो । सम्पर्कमा नरहेका प्रहरी हवलदारमा इलाका प्रहरी कार्यालय कात्तिके देउराली, काभेमा दरबन्दी भएका प्रेमराज दुरा छन् ।

त्यस्तै प्रहरी वृत्त बालाजुमा दरबन्दी रहेका सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुशीमा दरबन्दी भएका सरू कार्की, कोशी प्रदेश प्रहरी गण, विराटनगरमा दरबन्दी भएका कृष्णदेव चौहान, चितवनमा दरबन्दी रहेका धर्मेन्द्र सिंह र जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रणा तथा अनुसन्धान शाखामा दरबन्दी रहेका मेष बहादुर राना गरी पाँच जना प्रहरी सहायक हवलदारहरू सम्पर्कविहीन छन् ।

विभन्न जिल्लामा दरबन्दी रही सम्पर्कमा नरहेका प्रहरी जवानहरूमा सन्जिव देवकोटा, अर्मिला डि.सी सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र कुमार साह, रामकुमार याक्सो, बसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा , महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र बिपिन बिक्रम विष्ट छन् ।

उनीहरू आफूखुशी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, १० साउन, २०८०, १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९