एकैदिन ६७३४ जनामा कोरोना संक्रमण

एकैदिन ६७३४ जनामा कोरोना संक्रमण


एकैदिन ६७३४ जनामा कोरोना संक्रमण

काठमाडौँ, । पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १७ हजार ४ सय ६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७ सय ३४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना गरी काठमाडौँ उपत्यकामा ३ हजार ९३९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको छन् । आइसीयूमा १ सय ३९ जना भेन्टीलेटरमा २६ जना संक्रमति उपचाररत छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ पुगेको छ ।


प्रकाशित मिति: सोमबार, ३ माघ, २०७८, २२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९