सरकारको खोप अभियानः तीन जिल्ला र ३३ स्थानीय तहमा लक्षित शतप्रतिशतलाई खोप

सरकारको खोप अभियानः तीन जिल्ला र ३३ स्थानीय तहमा लक्षित शतप्रतिशतलाई खोप


सरकारको खोप अभियानः तीन जिल्ला र ३३ स्थानीय तहमा लक्षित शतप्रतिशतलाई खोप


काठमाडौँ, । सरकारले कोरोना भाइरस विरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लक्षित समुदायको दुई तिहाई खोप लगाउने लक्ष्य अनुसार अहिले ७९.५ प्रतिशत पहिलो मात्रा र ६०.९ प्रतिशत पूर्ण मात्राको खोप लगाएको छ ।

पहिलो मात्रा लक्ष्य भन्दा बढी हो भने पूर्ण मात्रा पनि लक्ष्य नजिक पुगेको छ ।  खोप लक्ष्य अनुसार कार्यक्रममा सफलता पाइरहेको मन्त्रालयले अहिलेसम्मको तथ्याङ्क हेर्दा मनाङ, मुस्ताङ र कास्कीका लक्षित जनसंख्याले सतप्रतिशत खोप लगाएका छन् । 

सरकारले पुस मसान्तभित्र लक्ष्य जनसङ्ख्याको दुई तिहाई र  आगामी चैत मसान्तसम्म १६ बर्ष माथिका सवैलाई खोप लगाउने लक्ष्य लिएको छ ।  
सरकारले १८ बर्षभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । 

पहिलो मात्रा एक करोड ५८ लाख ३७ हजार ६७१ जना र पूर्ण मात्रा एक लाख २१ हजार २७ लाख ८२९ जनाले लगाएका छन् । कुल जनसङ्ख्याको भने पहिलो मात्रा ५२.१ प्रतिशत र पूर्ण मात्रा ३९.९ प्रतिशतले लगाएका छन् । 

यस्तै १२ देखि १७ बर्ष उमेरसमूहका बालबालिकालाई मन्त्रालयले मोडर्ना र फाइजर खोप लगाइरहेको छ । बालबालिकालाई अहिलेसम्म ५२ प्रतिशत पहिलो मात्रा र ०.१ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।  
वागमती र गण्डकी प्रदेशले लक्ष्य अनुसारको खोप

उनका अनुसार प्रदेश अनुसार वागमती र गण्डकीले लक्ष्य अनुसार खोप लगाइसकेका छन् । वागमती प्रदेशले पहिलो मात्रा ८२ प्रतिशत र पूर्ण मात्रा ७६ प्रतिशत तथा गण्डकी प्रदेशले पहिलो मात्रा ८३ प्रतिशत र पूर्ण मात्रा ८२ प्रतिशतले खोप लगाइसकेका छन् । 

प्रदेश नं. १ ले पहिलो मात्रा ७४ प्रतिशत र पूर्ण मात्रा ५४ प्रतिशत, प्रदेश नंं २ ले पहिलो मात्रा ५७ प्रतिशत र पूर्ण मात्रा ४८ प्रतिशत, लुम्बिनी प्रदेशले पहिलो मात्रा ७३ प्रतिशत र पूर्ण मात्रा ५७ प्रतिशत, कर्णाली प्रदेशले पहिलो मात्रा ५६ प्रतिशत र पूर्ण मात्रा ५१ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशले पहिलो मात्रा ६४ प्रतिशत र पूर्ण मात्रा ५९ प्रतिशतले खोप लगाइसकेका छन् ।

मनाङ, मुस्ताङ र कास्कीले सतप्रतिशतलाई खोप

महाशाखाका निर्देशक डा. लालका अनुसार मनाङ, मुस्ताङ र कास्कीले जिल्लाले पूर्ण मात्राको सतप्रतिशत नै खोप लगाइसकेका छन भने बाजुरा जिल्लाले पहिलो मात्रा खोप लक्षित वर्गको सतप्रतिशतलाई खोप लगाइसकेको छ । 

गण्डकी प्रदेशमा नवलपरासी (पूर्व)ले वाहेक सवै जिल्लाले लक्ष्य अनुसार दुई तिहाई जनसङ्ख्यालाई खोप लगाइसकेका छन् । 
प्रदेश नंं १ का ताप्लेजुङले ६६.४ प्रतिशत, संखुवासभाले ७७.६ प्रतिशत र ओखलढुंगाले ६९.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । प्रदेश नं. २ का कुनै पनि जिल्लाले लक्ष्य अनुसारको पहिलो र पूर्ण मात्राको खोप लगाएका छैनन ।
वागमती प्रदेशका धादिङ, नुवाकोट, सिन्धुली र मकवानपुर वाहेक सवै जिल्लाले पूर्ण मात्राको खोप लक्ष्य अनुसार दुई तिहाई जनसङ्ख्यालाई लगाइसकेका छन् । 

उपत्यकाका काठमाडौले ९०.६ प्रतिशत, भक्तपुरमा ९२ प्रतिशत र ललितपुरले ८४.९ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्राको खोप दिइसकेको छ । 
यस्तै लुम्बिनी प्रदेशमध्ये रोल्पाले ६९.८ प्रतिशत, अर्घाखाँची ६६.६ प्रतिशत, पाल्पा ८०.२ प्रतिशत, रुपन्देही ७८.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाई लक्ष्य अनुसार खोप लगाएका छन् । 

यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लाले मात्र पूर्ण मात्रा ६५.३ प्रतिशत र सुदूरपश्चिमको वाजुरा जिल्लाले पूर्ण मात्रा ७४.९ प्रतिशत, दार्चुलाले पूर्ण मात्रा ६८.४ प्रतिशत, कञ्चनपुर जिल्लाले पूर्ण मात्रा ७०.९ प्रतिशत लगाएको छ । 
३३ पालिकाले सतप्रतिशत खोप लगाए

उहाँका अनुसार ७५३ स्थानीय तहमध्ये ३३ स्थानीय तहले लक्षित जनसङ्ख्याको सतप्रतिशतलाई पूर्ण मात्राको खोप लगाएका छन् ओखलढुंगाका सिद्धिचरण नगरपालिका र खिजीडेम्बा गाउँपालिका, झापाको कन्काई नगरपालिका र विर्तामोड नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र जिरी नगरपालिका, रसुवा गोसाइकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाले सतप्रतिशतलाई खोप लगाइसकेका छन् । 

यस्तै काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका, भक्तपुरका भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकाले लक्षित जनसङ्ख्याको सतप्रतिशत खोप लगाएका छन् । 

यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिका, गोर्खाको गोरखा नगरपालिका र धार्चे गाउँपालिका तथा गण्डकी गाउँपालिका, मनाङको नामे र नासोङ गाउँपालिका, मुस्ताङका पाँचै वटा स्थानीय तहले पनि सतप्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

कास्की जिल्लाको पोखरा उपमहानगरपालिका, मादी र रुपा गाउँपालिका, तनहुँको व्यास नगरपालिका, स्याङ्जाको पुतलीबजार र भिरकोट नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ । 

यस्तै पहिलो मात्रा सतप्रतिशत लक्षित समूहलाई खोप लगाइसकेको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले मात्र पूर्ण मात्राको खोप पनि सतप्रशितल लक्षित समूहलाई लगाइसकेको छ । वैतडीको पाटन नगरपालिकाले ९९.३ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ । 

यस्तै सरकारले हिजोबाट अग्रपंक्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन थालेको छ । यस्तै माघ १४ गतेदेखि ६० बर्षभन्दा माथिका सवै ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिने भएको हो । 


प्रकाशित मिति: सोमबार, ३ माघ, २०७८, २२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९