गृहमन्त्री रमेश लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताउए । आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो बताएका हुन् ।
उहाँले विवाहको उमेर १८ वर्ष बनाउने वा रोमियो जुलियट ल इण्ट्रड्युक्स गर्नेबारे छलफल भइरहेको बताउनु भयो । ‘रोमियो जुलियट ल’ मा १६ देखि १८ वर्षबीचको उमेरमा शारीरिक सम्बन्ध भयो भने प्रेम सम्बन्धका रुपमा व्याख्या गरी विभिन्न देशमा अभ्यास पनि भइरहेको उनको भनाइ छ ।
उनले भने ‘मन्त्रिपरिषद्मा बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ । त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर हामी छलफल गरी रहेका छौँ । हजुरहरुको पनि धारणा त्यसअनुरुप आएको हुनाले अब यसमा दुई वटा उपाय छन् । दुई वटा उपाय के छ भने एउटा विवाहको उमेर घटाउने कुरा छ, यस्लाई १८ मा लैजाऔँ भन्नेकुरा छ र अर्को चाहिँ इन्टरनेश्नल प्राक्टिस चाहिँ रोमियो जुलियट ल इन्ट्रड्युक्स गर्ने हो कि भन्ने पनि छ । धेरै ठाउँमा त्यो कानूनलाई एप्लाइ गरेको छ । रोमियो जुलियट लले के भन्छ भने जस्तो १८ वर्षको विवाहको उमेर तोक्यो मानौँ, १६ वर्ष र १८ वर्षको बीचमा पनि उनीहरुको शारीरिक सम्बन्ध भयो भने त्यसलाई पनि रेप आदि इत्यादि मान्नु मिल्दैन है यो त एक्स्क्युजएबल हो, एउटा प्रेमवत सम्बन्धले त्यो ठाउँमा पु¥यायो भन्ने खालको कन्सेप्ट रोमियो जुलियट लमा छ र केही देशले यो एप्लाइ गरेका छन् ।’
गृहमन्त्री लेखले समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिवद्धता जनाए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९