नेपाल पत्रकार मञ्चको सल्लाहकार समिति तथा विभाग गठन

नेपाल पत्रकार मञ्चको सल्लाहकार समिति तथा विभाग गठन


 नेपाल पत्रकार मञ्चको सल्लाहकार समिति तथा विभाग गठन

काठमाडौं नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक काठमाडौंको सिनामंगलस्थित रोयल प्यालेसमा सम्पन्न भएको छ। अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले संस्थाको सल्लाहकार समिति तथा विभाग गठनबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा उपाध्यक्ष विमल थापा, महासचिव राजु भण्डारी, सचिवद्वय सन्तोष मिश्र र कमला नेपाल, कोषाध्यक्ष गीता थापा, सदस्यहरू प्रज्ज्वल थापा, टंककला तिमिल्सेना, सुशीला गौतम, लक्ष्मी भट्ट, केशवकुमार बस्नेत, केशवराज पौडेललगायतको उपस्थिति रहेको थियो। त्यस्तै, आमन्त्रित सदस्यका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनुका कुँवर र मञ्चका निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराई सहभागी थिए।

बैठकले सल्लाहकार समितिमा रामकुमार अधिकारी, डा। सिर्जना थापा, डा। पियारत्न महर्जन र रघुनाथ त्रिपाठी ९गृहनाथ०लाई मनोनयन गर्ने निर्णय गरेको छ। अनुभवी तथा विज्ञ व्यक्तिहरूको सुझावले संस्थालाई मार्गदर्शन गर्ने विश्वास मञ्चले लिएको छ।

यसैगरी, मञ्चले कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभाग गठन गर्ने निर्णयसमेत गरेको छ। योजना निर्माण तथा अनुगमनका कामका लागि उपाध्यक्ष विमल थापाको संयोजकत्वमा महासचिव राजु भण्डारी र सचिव प्रितमसागर कर्माचार्य सम्मिलित योजना विभाग गठन गरिएको छ।

यस्तै, संगठन सुदृढीकरण र सदस्य परिचालनलाई प्रभावकारी बनाउन महासचिव राजु भण्डारीकै संयोजकत्वमा सचिवद्वय प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र, कमला नेपाल र कोषाध्यक्ष गीता थापा सदस्य रहने गरी संगठन विभाग गठन गरिएको छ।

त्यस्तै, संस्थाको आर्थिक व्यवस्थापन तथा पारदर्शिता कायम गर्न कोषाध्यक्ष गीता थापाको संयोजकत्वमा प्रज्ज्वल थापा, श्यामबाबु आचार्य, सुशीला गौतम, केशवकुमार बस्नेत र अञ्जु श्रेष्ठ सदस्य रहने गरी आर्थिक विभाग गठन गरिएको छ।

सञ्चार प्रवाह तथा सूचना व्यवस्थापनलाई सशक्त बनाउन सचिव सन्तोष मिश्रको संयोजकत्वमा टंककला तिमिल्सेना र मिलन थापा सदस्य रहने सञ्चार विभाग पनि गठन गरिएको छ।

उता, अनुशासन सम्बन्धी विषयमा मार्गदर्शन गर्न निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराईको संयोजकत्वमा अधिवक्ता गणेशकुमार शर्मा र सीतादेवी श्रेष्ठ सदस्य रहने गरी अनुशासन विभाग गठन गरिएको छ।

बैठकले यी निर्णयमार्फत मञ्चको भावी योजना र कार्यशैलीको स्पष्ट संकेत दिएको छ। संरचनात्मक सुदृढीकरणसँगै मञ्चले पत्रकारिता क्षेत्रको हितमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ।


प्रकाशित मिति: बुधबार, १० बैशाख, २०८२, ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९