ह्वात्तै बढ्यो कोरोना, एकै दिन १० हजार संक्रमित

ह्वात्तै बढ्यो कोरोना, एकै दिन १० हजार संक्रमित


ह्वात्तै बढ्यो कोरोना, एकै दिन १० हजार संक्रमित

काठमाडौँ, । पछिल्लो चौबिस घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५६२ जना संक्रमणमुक्त भएका छन् । यो संख्या  कोरोना महामारी सुरु भएयताकै एकैदिन पुष्टि भएको सबैभन्दा धेरै हो। यसअघि गत २८ वैशाखमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २२ हजार ८२८ वटा नमुना परीक्षण गर्दा १० हजार २५८जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४ हजार ४, भक्तपुरमा ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना गरी काठमाडौँ उपत्यकामा ५ हजार ५२९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छन् । आइसीयूमा १ सय ५१ जना भेन्टीलेटरमा २८ जना संक्रमति उपचाररत छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको छ ।


प्रकाशित मिति: मंगलबार, ४ माघ, २०७८, २१:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९