हालसम्मकै बढी ११ हजार ३५२ जना संक्रमित

हालसम्मकै बढी ११ हजार ३५२ जना संक्रमित


हालसम्मकै बढी ११ हजार ३५२ जना संक्रमित

काठमाडौ, । आज अहिलेसम्मकै धेरै मानिसहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार पीसीआर परीक्षणमा  ९ हजार ५०२ र एन्टिजेन परीक्षणमा १ हजार ८५० मा संक्रमण पुष्टि भएको हो । 


सहप्रवक्ता अधिकारीका अनुसार २४ घण्टामा १८ हजार ७८ पीसीआर र ५ हजार ३३१ एन्टिजेन परीक्षण गरी २३ हजार ४०९ परीक्षण भएको छ । 
यसैबीच उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र  काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् । 

६१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट ४ नजाको मृत्यु भएको छ ।

हाल नेपालमा सिटामोल लगायतका १० लाख पारा सिटामोल सरकारसंग र नीजिसंग एक करोड भन्दा बढी रहेको उनको भनाई रहेको छ । 


प्रकाशित मिति: बुधबार, ५ माघ, २०७८, १६:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९