२३ हजार परीक्षणमा १० हजारभन्दा बढी सङ्क्रमित

२३ हजार परीक्षणमा १० हजारभन्दा बढी सङ्क्रमित


२३ हजार परीक्षणमा १० हजारभन्दा बढी सङ्क्रमित


काठमाडौँ, । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १० हजार ७०३  जनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३  जनामा सङ्क्रमण पुष्टि भएको हो । 
सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ ।  

पछिल्लो समय थप ७६६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । निको हुने दर ९१.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा तीन जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६३५ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । 

५०० र २०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५÷१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् । 

नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेसनमा ६३  हजार ७३४ ,संस्थागत आइसोलेसनमा एक हजार ६४०, आइसियुमा १९४ र भेन्टिलेटरमा ३५ जनाको उपचार हुँदैछ । 

तीन लाख बढीले खोप लगाए

विगत २४ घण्टामा आज तीन लाख सात हजार ४०१ जनाले खोप लगाएका छन् ।
अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ जना र पूर्ण मात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । 

यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । मन्त्रालयका अनुसार यही माघ २ गतेबाट अंग्रपंक्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ । 


प्रकाशित मिति: शुक्रबार, ७ माघ, २०७८, २१:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९