थप ६,४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

थप ६,४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु


थप ६,४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, । पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ८६८ , भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ गरी काठमाडौँ उपत्यकामा ३ हजार ७९१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छन् ।आइसीयूमा २ सय १५ जना भेन्टीलेटरमा ४० जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 


प्रकाशित मिति: आइतबार, ९ माघ, २०७८, १७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९