नेपालका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन

नेपालका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन


नेपालका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन

काठमाडौँ, । नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट भएको पाइएको छ । तिब्रगतिमा संक्रमण फैलिएको बेला राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाले गरेको जीन सिक्वेन्सिङमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो ।

आइतबारको नियमित कोभिड ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमितमध्ये ३२ जनाको जीन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताए । उनले बाँकी ४ जनामा भने डेल्टा भेरियन्ट रहेको जनाए ।

नेपालमा पछिल्लो समय कोरोनाको संक्रमणदर तिब्र गतिमा फैलिएको थियो । फैलावटको हिसावले पनि धेरैको अनुमान ओमिक्रोन भेरियन्ट हो भन्ने थियो ।

पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

 


प्रकाशित मिति: आइतबार, ९ माघ, २०७८, १७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९