२५ हजार परीक्षण गर्दा १२ हजार सङ्क्रमित

२५ हजार परीक्षण गर्दा १२ हजार सङ्क्रमित


२५ हजार परीक्षण गर्दा १२ हजार सङ्क्रमित

 

काठमाडौँ, । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १२ हजार ८ जनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा २५ हजार ९०९ परीक्षण गर्दा १२ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ ।  

पछिल्लो समय तीन हजार ४० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख २७ हजार २७९ पुगेको छ । निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आठ जनाको निधन

विगत २४ घण्टामा आज आठ जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६६७ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । 

यस्तै ५००  भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ति जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङजा, वागलुङ, दाङ, पाल्पा र कन्चनपुर रहेका छन् । 
नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेसनमा ८७ हजार ११७ ,संस्थागत आइसोलेसनमा एक हजार ८१७ , आइसियुमा २४५ र भेन्टिलेटरमा ४४ जनाको उपचार हुँदैछ । 

विगत २४ घण्टामा आज दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् ।
अहिलेसम्म पहिलो मात्रा एक करोड ६३ लाख ३३ हजार ९३७ जना र पूर्ण मात्रा एक करोड ३१ लाख ०६ हजार ७२६ जनाले लगाइसकेका छन् । 
यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज दुई लाख २३ हजार ९४४ मात्रा लगाइएको छ । 


प्रकाशित मिति: मंगलबार, ११ माघ, २०७८, २१:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९