साढे १९ हजार परीक्षण गर्दा साढे छ हजार सङ्क्रमित

साढे १९ हजार परीक्षण गर्दा साढे छ हजार सङ्क्रमित


 साढे १९ हजार परीक्षण गर्दा साढे छ हजार सङ्क्रमित

काठमाडौँ, । आज कोरोना भाइरसको सङ्क्रमण छ हजार ८२७ जनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको वुलेटिनमा आज १९  हजार ८६९ परीक्षण गर्दा छ हजार  ८२७ जनामा सङ्क्रमण पुष्टि भएको छ । 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार ९४१ पुगेको छ ।  
आज एकै दिन पाँच हजार ४३२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ४२ हजार ३३६ पुगेको छ । निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

दश जनाको निधन

विगत २४ घण्टामा १० जनाको सङ्क्रमणको कारणले निधन भएको जानकारी दिनुभयो । अहिलेसम्म ११ हजार ६९७ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ  । 
यस्तै ५००  भन्दा बढी सङ्क्रमण भएको जिल्ला २० पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनँहु, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ति जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङजा, वागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कन्चनपुर रहेका छन् । 
नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेसनमा ८८ हजार ०८४, संस्थागत आइसोलेसनमा एक हजार ८५७ , आइसियुमा २५६ र भेन्टिलेटरमा ४५ जनाको उपचार हुँदैछ । 
एक लाख बढी  खोप लगाए 
विगत २४ घण्टामा आज एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन् ।
यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज दुई लाख ९९ हजार  ९ मात्रा लगाइएको छन् । 


प्रकाशित मिति: शुक्रबार, १४ माघ, २०७८, २०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९