पाँच हजार भन्दा बढी सङक्रमित हुँदा आठ हजार बढी निको

पाँच हजार भन्दा बढी सङक्रमित हुँदा आठ हजार बढी निको


 पाँच हजार भन्दा बढी सङक्रमित हुँदा आठ हजार बढी निको


 काठमाडौैँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण पाँच हजार ५८३ जनामा देखिएको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आज सार्वजनिक गरेको वुलेटिनमा १७ हजार ६७४ परीक्षण गर्दा सङ्क्रमित सङ्ख्या पाँच हजार ५८३ रहेको छ । 
यस्तै  निको हुने सङ्ख्या आठ हजार २६७ पुगेको छ । निको हुने दर ९१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७४ हजार  ६५३ पुगेको छ ।  

नौ जनाको निधन

विगत २४ घण्टामा आज नौ जनाको सङ्क्रमणको कारणले निधन भएको छ  । अहिलेसम्म ११ हजार ७५२ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ  । 
यस्तै ५००  भन्दा बढी सङ्क्रमण भएको जिल्ला १९ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १५ जिल्ला रहेका छन् । ति जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली,  गोरखा, स्याङजा, वागलुङ, तनहु, पाल्पा, बर्दिया,सुर्खेत र कन्चनपुर रहेका छन् । 
नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेसनमा ७३ हजार १७८ ,संस्थागत आइसोलेसनमा एक हजार ४७५ , आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ । 
करिव चार लाखले खोप लगाए 
विगत २४ घण्टामा आज करिव चार  लाखले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार  तीन लाख ९९  जनाले खोप लगाएका छन् ।
यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज चार लाख चार हजार ३३३ मात्रा लगाइएको छ । 


प्रकाशित मिति: मंगलबार, १८ माघ, २०७८, २०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९