नेपालका तीन खेलाडीलाई पदक

नेपालका तीन खेलाडीलाई पदक


नेपालका तीन खेलाडीलाई पदक

काठमाडौं । अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् ।
 

अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले पहिलो स्थान हात पारेका  छन् । उनले स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई पछि पार्दै स्वर्ण जितेका हुन् । दर्नालले ६.७१७ अंक ल्याउँदै स्वर्ण जित्दा फान्कोइले ६.६६७ अंक जोडेका थिए ।

यसैगरी अनलाइन पुम्सेमै सञ्जीव नेपाल र सन्दीपा अमगाईंले भने रजत पदक जितेका छन् । ३०–४० वर्ष उमेर समूहमा रजत पदक जितेका सञ्जीवले ६.८०० अंक पाएका थिए । स्वर्ण जितेका मकाउका याङ मिङ तेक्वान्दो डोजाङका काइ ल्योङ यीपले ६.८६७ अंकका साथ पहिलो स्थान हात पारेका थिए ।

यसैगरी १८–३० वर्षको उमेर समूहमा सन्दीपाले ५.७६७ अंक जोड्दै रजत पदक जित्न सफल भइन् । उनी पनि मकाउकै याङ मिङ तेक्वान्दो डोजाङकी कावामासँग पछि परिन् । कावामाले ६.५३३ अंक जोड्दै स्वर्ण पदक  जितिन् ।

प्रतियोगितामा नेपाललगायत अमेरिका, फिलिपिन्स, स्विट्जरल्यान्ड, मकाउ, स्लोभेनियालगायतका राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित मिति: बुधबार, १९ माघ, २०७८, १७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९