पारिवारिक वातावरणको आनन्द ‘अल्फान्जो’मा

पारिवारिक वातावरणको आनन्द ‘अल्फान्जो’मा


 पारिवारिक वातावरणको आनन्द ‘अल्फान्जो’मा

–शरद शर्मा
काठमाडौं । आन्तरिक वा वाह्य पर्यटकका लागि धुम्न जानेमध्येको एक शहर पोखरा पनि हो । पर्यटकको रोजाईका ठाउँ भनेका काठमाडौँ, चितवनको सौराहासंग पोखरा पनि हो । काठमाडौँमा चार पाँच घण्टाको मार्ग र आधा घण्टाको हवाईमार्गबाट पोखरा सजिलै पुग्न सकिन्छ । 

पोखरामा फेवातालका वोटिङ संचालन गर्नुदेखि सराङकोटमा प्याराग्लाइडिगबाट हिमाल हाँसेको देख्न पाइन्छ । यस्तै बन्जिजम्प, पनि अहिले पोखरामा खेल्न सकिन्छ । 

पोखरा अहिले मात्र नभई पर्यटकका लागि पहिलेदेखि नै आकर्षण केन्द्र रहदै आइरहेको छ । पोखरामा सवै चीजको मनोरन्जन लिइसकेपछि बस्नका लागि पाहुनालाई रमणिय ठाउँ नै चाहिन्छ । 

चार बर्ष जापान बसेर नेपालमा नै व्यवसाय गर्न आएका पोखराका सुभाष भट्टराईले लेकसाइडको खपौदीमा संचालन गरेको ‘अलफान्जो’ रिर्सोट पारिवारिक वातावरणमा रहेको छ । 

जापानमा होटेल रेन्टुरेन्ट संचालन गरेका उनी नेपालमा आएर केही गरौं भन्ने मनसायले चार बर्ष अघि मात्र आएका हुन् ।  साढे चार करोड लगानी संचालनमा रहेको रिर्सोटमा पारिवारिक वातावरणमा खाना, बस्नको राम्रो व्यवस्था रहेको छ ।  पोखराका रमणिय ठाउँ घुमेर आएर रिर्सोटमा बस्दा पाहुनालाई छुट्टै आनन्द आउने गरेको छ । 

जापानमा इन्डियन नेपाली रेष्टुरेन्ट संचालन गरेका उनी जापानमा नै मनग्यै पैसा कमाएन सक्ने थिए । तर अर्काको देशमा कति काम गर्नु भनेर नेपाल आएर आफ्नो जन्मुभूमिमा रिर्सोट बनाएर संचालनमा ल्याए । ‘जापानमा काम सिकियो । अनि धेरै बस्न मन लागेन । परिवारले पनि सहयोग गर्ने भनेपछि नेपालमा आएर होटेल क्षेत्रमा हात हालेको हुँ ’ उनले भने ‘मलाई सानैदेखि होटेल गर्ने इच्छा भएर नै यो क्षेत्रमा मन परेको हो । ’

साढे सात रोपनी भाडा बर्षको साढे पाँच लाख रुपियाँ भाडा तिर्ने उनले तिर्ने गर्दछन्  । 

शुरुमा रिर्सोट संचालन गर्न समस्या भएको थियो उनलाई । तर पछि भने रिर्सोट भएको स्विमिङ पुल, वगैचाले र पारिवारिक रुपमा रातीसम्म पनि बसेर खाना खान बस्ने वातावरण रिर्सोटमा भएपछि सवै मानिसहरु आउन थाले । 

सुरुवातीमा एकडेढ बर्ष राम्रोसंग चलेको रिर्सोट तर पछि कोरोनाले गर्दा रिर्सोट राम्रोसंग चल्न पाएन । अहिले फेरि विस्तारै पिकअप लिदै छ । सोचेजस्तो कोभिड–१९ ले रिर्सोेट भएको छैन । 

 उनले कोरोना काम भएसंगै पोखरामा पर्यटकको आगमन बढ्न थालेपछि फुल अपरेशनमा संचालन गर्ने सोचाईमा रहेका छन ।  

प्राय पर्यटक फेवातालको छेउछाउमा नै बस्ने गर्दछन । अलफान्जो रिर्सोट लेकसाइडमा भएपनि अलि टाढा नै रहेको छ । लेकसाइडबाट साढे दुई किलोमिटर टाढा रहेको अल्फान्जोबाट फेवातालको सवै दृश्य देख्न सकिन्छ । विहान र साँझ फेवातालको रमणिय दृश्य रिर्सोटबाट नै खाना खार्दै नियाल्न सकिन्छ ।

रिर्सोटमा वेलुका र विहान चरा कराउने गरेर आनन्द पाहुनाले पाइरहेका हुन्छन । पिस खोज्नका लागि राम्रो लोकेशन रिर्सोट राम्रो छ । 

 

अल्पान्सोबाट अल्फान्जो 

अल्पान्सो भनेको आँपको परिकारको राजा हो । रिर्सोटको बीचमा आँपको रुख रहेको छ । आँपको रुख भएकोले अल्पान्सो नाम राखिएको र पछि अल्पान्सोबाट अपभ्रंस भएर ‘अल्पान्जो नाम राखिएको हो । 
अल्पान्जोमा आपको सिजनमा भने आँपको परिकार पाहुनाले स्वाद लिन पाउछन् । 

विशेषता 

परिवारिक वातावरणमा ग्रिनरी गार्डेन, स्वमिङ् पुल, थ्री हाउस, प्राइभेट क्लव । प्राइभेट क्लवमा रातीको दुई तीनबजेसम्म खाना बस्न रमाइलो गर्न पाइन्छ । ८४ फिट अग्लो स्वीङगमा पाहुनाले खेल्ने व्यवस्था रहेको छ । 

पाकिङको राम्रो व्यवस्था छ । छ सात जना पाहुना भएको खण्डमा रिर्सोटले नै पोखरा एयरपोर्ट र बसपार्कबाट पाहुनालाई ल्याउने लैजाने सुविधा पनि गरेको छ । 
पाहुनालाई थप सुविधा दिनका लागि स्विङग पनि संचालनमा ल्याउन थालेको होटेलका सिइओ भट्टराईले जानकारी दिए । 

रिर्सोटमा आउने सवैले मजासंग रिर्सोटमा रहेको गार्डेनमा फोटो खिच्ने व्यवस्था मिलाइएको छ । एकजना क्यामरा पर्सनले दिउँसो चार बजेदेखि राती ११ बजेसम्म पाहुनाको विभिन्न पोजमा सितैमा फोटो खिचिदिन्छन् । पाहुनाले रिर्सोटको फेसवुकपेजमा आफ्नो फोटो अर्को दिन प्राप्त गर्ने छन् । 

रिर्सोटमा अहिले ८ वटा कोठामा मात्र रहेका छन् । कोठा थोरै भएकोले रिर्सोटमा बस्नका लागि पहिल्यै नै बुकिङ गर्नुपर्ने हुन्छ । उनले कोठा थप्ने योजना पनि सुनाए । ‘कोरोनाका कारणले हामीले कोठा थप्न सकेनौ’ उनले भने ‘अव कोरोना संक्रमण नभएपछि हामीले कोठा थप्ने छौ ।’  रिर्सोटसंग भएको जग्गामा २० वटा कोठा थप्ने उनले बताए । 
उनले कोरोना भाइरस नेपालमा नआएको भए अल्फान्जो रिर्सोट अर्को ठाउँमा खोलिसक्ने उनको योजना रहेको थियो । तर लकडाउनले उनले खोल्न पाएनन । उनले पहिल्यै अवस्थामा रिर्सोट संचालन आए अबको एकदुई महिना नै अर्को ठाउँमा पनि रिर्सोट संचालन गर्ने बताए । 

रिर्सोटको नाम सवैले मन पराएर अल्फान्जो नामको अर्काे रिर्सोट खोल्नका लागि काठमाडौं र बुटवलका व्यवसायीले नाम मागिरहेका छन् । तर उनले अल्फान्जोको गुणस्तर अरुले विगारिदिन्छन कि भनेर दिएन । ‘नाम दिदा उनीहरुले फरक काम गर्दा हाम्रो बदनाम हुन्छ । त्यसैले नाम दिएनौ ’ उनले भने । 

रिर्सोटमा एक पटक आएका पाहुनाले नै अन्यलाई रिफर गर्ने गरेका छन् । उनको रिर्सोटमा प्रायजसो पहिले आएका पाहुनाले नै रिफर गरिएका पाहुना आउने गरेका छन् । 

‘एक पटक आइसकेका पाहुनाले रिर्सोटमा भएको सुविधा मन पराएर आफ्ना साथीभाईलाई भन्ने गरेका छन्’ उनले भने ‘पाहुनाले नै भनेर मानिसहरु रिर्सोटमा आउने गरेका छन् । हामीसंग धेरै पाहुना सिधै सम्पर्कमा गरेर आउँछन् ।’ 

अल्फान्जो रिर्सोट खुलेपछि खपौदीमा अन्य होटल पनि खुल्न थाले । 
 

प्याकेज 
–एक हजार ५०० मा एक जनालाई ननभेज डिनर, अमेरिकन बे्रकफास्ट, एसी रुम र स्विमिङग पुल सहित एयरपोर्ट र बसपार्कबाट पिक अपड्रप गर्दछ । 
–रिर्सोटबाट मनाङ, मुस्ताङ, धान्द्रुक, पर्वतको कुश्मासम्म पनि लैजाने ल्याउने व्यवस्था गरिएको छ । 
–फोटोजोन 
   
 

 


प्रकाशित मिति: आइतबार, २३ माघ, २०७८, १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९