छ जिल्ला र १०९ स्थानीय तहलाई खोपको विवरण पठाउन निर्देशन

छ जिल्ला र १०९ स्थानीय तहलाई खोपको विवरण पठाउन निर्देशन


छ जिल्ला र १०९ स्थानीय तहलाई खोपको विवरण पठाउन निर्देशन

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप विवरण आफू मातहतका निकायलाई भोलिसम्मका लागि बुझाउन निर्देशन दिएको छ । 

कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानविन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएपछि भोलिसम्म बुझाउन निर्देशन दिएको हो । 

छानविन समितिले छ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई भोलिसम्मका विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक संयोजक डा. गुणराज लोहनीले जानकारी दिए । 

यहि माघ १६ गते मन्त्रालयले खोपको एकिन तथ्याङ्क नभेटिएपछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । 
समितिले यही माघ २१ गतेभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो । 

 


प्रकाशित मिति: मंगलबार, २५ माघ, २०७८, १७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९