गोकर्णेश्वर र चितवनको राप्ति नगरपालिकामा बर्ड फ्लु

गोकर्णेश्वर र चितवनको राप्ति नगरपालिकामा बर्ड फ्लु


गोकर्णेश्वर र चितवनको राप्ति नगरपालिकामा बर्ड फ्लु


काठमाडौँ । पशु सेवा विभागले काठमाडौँको गोकर्णेश्वर–३ र चितवनको राप्ति नगरपालिका–६मा पालेका कुखुरामा बर्ड फ्लु देखिएको जनाएको छ ।

विभागका निमित्त महानिर्देशक डा. लेखराज दहालले ति क्षेत्रमा पालेका कुखुराको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको बताए । ती स्थानमा रहेका कुखुरा, अण्डा, दाना नस्ट गरेको जनाएको छ । 

उनले बर्ड फ्लु देखिएपछि गोकर्णेश्वर नगरपालिकामा २० वटा स्थानीय कुखुरा, पाँच परेवा, तीन वटा लौकाट नष्ट गरिएको बताए । 

यस्तै चितवनको राप्ति नगरपालिकामा एक हजार ९१३ लेयर्स कुखुरा,  १४ हाँस, २० हाँसको अण्डा, एक हजार दाना र ३५० ओटा अण्डा नष्ट गरिएको छ । 
उनका अनुसार रोग देखापरेका क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिएको छ । 
 

 

 

 


प्रकाशित मिति: आइतबार, १ फागुन, २०७८, १७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९