नेपाल प्रहरीमा तीनजना एआइजी थप्ने सरकारको निर्णय

नेपाल प्रहरीमा तीनजना एआइजी थप्ने सरकारको निर्णय


नेपाल प्रहरीमा तीनजना एआइजी थप्ने सरकारको निर्णय


काठमाडौं, ।  सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) थप्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेका थिए।

प्रशासनतर्फ तीन एआएजीपीको दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फको एआईजीपीको संख्या प्रशासनतर्फ ८ पुगेको छ भने प्राविधिकतर्फ एकजना गरेर जम्मा एआईजीपीको संख्या नौ पुगेको छ । 

नेपाल प्रहरीमा एआइजीका लागि डिआइजी धिरजप्रताप सिंह, रबिन्द्र धानुक, उत्तम सुवेदी, गणेश ऐर, बशन्त पन्त र इश्वरबाबु कार्कीलगायत रहेका छन् ।


प्रकाशित मिति: बिहिबार, ५ फागुन, २०७८, १९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९