स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरीको लागि भर्ना खुल्यो (सूचना सहित)

स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरीको लागि भर्ना खुल्यो (सूचना सहित)


स्थानीय तह  निर्वाचनमा एक लाख म्यादी प्रहरीको लागि भर्ना खुल्यो (सूचना सहित)


काठमाडौं । सरकारले आगामी स्थानीय  तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार एक लाख संख्यामा म्यादी प्रहरी भर्ना खुलाइएको हो। यही ६ चैतबाट २१ गतेसम्मको दरखास्त दिन सकिने कार्यालयले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तरपुर र जिल्लास्थित सबै प्रहरी कार्यालयमा भर्नाका लागि दरखास्त दिन पाइने जनाइएको छ।

म्यादी प्रहरी ४० दिनका लागि भर्ना गरिने छ । उक्त ४० दिन काम गरेवापत म्यादी  प्रहरीले  तलव र भत्ता गरी ४३ हजार ४४० रुपिया पाउने छन् ।

साथै निर्वाचनको क्रममा खट्नका लागि यातायात खर्च एक हजार रुपियाँ समेत दिइने सूचनामा उल्लेख गरिएको छ । स्थानीय तहको निर्वाचन एकै साथ आगामी बैशाख ३० गते हुँदै छ । 


प्रकाशित मिति: मंगलबार, १ चैत, २०७८, २१:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९