साढे चार हजार परीक्षण हुँदा ४५ जनामा सङ्क्रमण

साढे चार हजार परीक्षण हुँदा ४५ जनामा सङ्क्रमण


साढे चार हजार परीक्षण हुँदा ४५ जनामा सङ्क्रमण


काठमाडौँ, । कोरोना भाइरसको सङ्क्रमण आज ४५ जनालाई देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा चार हजार ७५२ जनामा कोरोना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण देखिएको छ । 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार  १३५ जना रहेका छन् ।

पछिल्लो समय १४७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार १११ पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । 

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके रहेका छन् ।  
शून्य संक्रमित भएको चार मात्र जिल्ला मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला रहेको छ । 

नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेसनमा तीन हजार ७९ संस्थागत आइसोलेसनमा ५६, आइसियुमा २२ र भेन्टिलेटरमा पाँच जनाको उपचार हुँदैछ । 

विगत २४ घण्टामा आज ५९ हजार ३७८ जनाले खोप लगाएका छन् । अहिले सम्म कुल जनसङ्ख्याको ७५ प्रतिशतले पहिलो मात्रा र ६४.२ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 


प्रकाशित मिति: सोमबार, ७ चैत, २०७८, २०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९