४४ जनामा सङ्क्रमण, ४८१ निको

४४ जनामा सङ्क्रमण, ४८१ निको


४४ जनामा सङ्क्रमण, ४८१ निको

काठमाडौँ, ।  कोरोना भाइरसको सङ्क्रमण आज ४४ जनालाई देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा छ हजार ५९४ जनामा कोरोना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको छ । 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार  ६८८ जना रहेका छन् ।

पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । आज निधन भएकासंगै अहिलेसम्म ११ हजार ९५१ जनाको निधन भएको छ । 

। मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र  काठमाडौँ रहेका छन् ।  
शून्य संक्रमित भएको चार मात्र जिल्ला मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला रहेका छन् । 
नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेसनमा दुई हजार ६३७, संस्थागत आइसोलेसनमा ५१, आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । 
विगत २४ घण्टामा ७३ हजार ६४२ जनाले खोप लगाएका छन् 


प्रकाशित मिति: मंगलबार, ८ चैत, २०७८, २०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९