करिव पाँच हजार परीक्षण गर्दा २५ जनामा सङ्क्रमण

करिव पाँच हजार परीक्षण गर्दा २५ जनामा सङ्क्रमण


करिव पाँच हजार परीक्षण गर्दा २५ जनामा सङ्क्रमण

काठमाडौँ, ।  कोरोना भाइरसको सङ्क्रमण आज २५  जनामा देखिएकोे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा चार हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको छ । 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८१ जना रहेका छन् ।

पछिल्लो समय ८९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३९४ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । 

शून्य संक्रमित भएको १४ जिल्ला संखुवासभा, सोलुखुम्बु, धनकुटा, वारा, दोलखा, मनाङ, मुस्ताङ, पूर्व रुकुम, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला   छन् । 
नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत  छ ।

हाल होम आइसोलेसनमा एक हजार २६ , संस्थागत आइसोलेसनमा ५५, आइसियुमा १४ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । 
विगत २४ घण्टामा ६० हजार २६० जनाले खोप लगाएका छन् । 


प्रकाशित मिति: बिहिबार, १७ चैत, २०७८, २०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९