राजनीतिक दलको प्राथमिकता भ्यू टावर कि शिक्षा ?

राजनीतिक दलको प्राथमिकता भ्यू टावर कि शिक्षा ?


राजनीतिक दलको प्राथमिकता भ्यू टावर कि शिक्षा ?

काठमाडौं । राजनीतिक दलको प्राथमिकता भ्यू टावर हो कि शिक्षा भनेर शिक्षा क्षेत्रका सरोकारहरुले आज दलका नेतासँग प्रश्न गरेका छन् । शिक्षा पत्रकार समूह र कारखानाले गरेको ‘पत्रकारको दृष्टिमा शिक्षाका मुद्दा’ विषयक अन्र्तक्रियामा उनीहरुले यो प्रश्न गरेका हुन् । 

सरोकारहरुले, भ्यू टावरमा खर्च गर्नुको साटो सार्वजनिक विद्यालय सुधार र गुणस्तरिय शिक्षाको लागि खर्च गर्नुपर्ने बताए । अहिले पनि सार्वजनिक विद्यालयको स्तर दयनिय रहेको भन्दै उनीहरुले शिक्षकले कक्षा कोठामा जाँदा पाठ्यपुस्तकमा मात्र सीमित नभएर अरु थप सृजनशिल र प्रयोगात्मक कक्षामा जोड दिनुपर्ने बताए । 

अहिलेसम्म पनि संघीय शिक्षा ऐन ल्याउन सरकार असफल भएको गुनासो गर्दै उनीहरुले यसले गर्दा शिक्षाको संघीय व्यवस्थापन र सुधार प्रभावित बनेको बताए । नमूना विद्यालय बनाउने होड चलेपनि विद्यालयमा भौतिक पूर्वाधारदेखि लिएर शिक्षक विद्यार्थीको अनुपात समेत नमिलेको उनीहरुको गुनासोे थियो । 

वरिष्ठ पत्रकार राजन शर्माले कार्यक्रममा संघीयतामा शिक्षा नामक कार्यपत्र पेश गर्दै धेरै स्थानीय तहहरु शिक्षा सुधारमा भन्दा अन्य क्षेत्रमै केन्द्रित भएको बताए ।  शिक्षा क्ष्ोत्रमा भएका समस्या उजागर गर्दै शर्माले काम गर्ने शैली पुरानै किसिमको हुँदा शिक्षामा सुधार हुन नसकेको स्पष्ट पारे । कतिपय ठाउँमा शिक्षामा बजेट प्रशस्त मात्रामा छुट्याइएको भएपनि जनशक्तिको कमीले बजेट कार्यान्वन हुन नसकेको उनको धारणो थियो ।

शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले शिक्षाका मुद्दाहरु जति पेचिलो तरिकाबाट उठाइनु प¥थ्यो त्यसो हुन नसकेको बताए । अब समूहले, सार्वजनिक शिक्षा सुधारको लागि काम गर्ने र शिक्षा क्षेत्रमा भएका विकृतिहरुलाई एक पछि अर्को गर्दै अगाडि ल्याउने उनले प्रतिबद्धता जनाए ।   

कार्यक्रममा कारखानाका कार्यकारी निर्देशक साकार पुडासैनीले, सार्वजनिक विद्यालय सुधारको लागि आफनो पहलकदमी जहिल्यै रहने बताए ।  शिक्षा क्षेत्रमा समस्याहरु धेरै भएकोेले अब शिक्षा पत्रकारको कलमले समस्या उजागर गर्ने  मात्र नभई सुधारका लागि पनि दबाव सृजना गर्नुपर्ने बताए । 

कार्यक्रममा सिकाइ समूहका अध्यक्ष सुदर्शन घिमिरे, आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन घिमिरे, शिक्षा अनुसन्धानकर्ता राजकुमार बराल, वरिष्ठपत्रकार राजन शर्मालगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत करिव ३० जना शिक्षा पत्रकारको सहभागी रहेको थियो ।    


प्रकाशित मिति: बिहिबार, १७ चैत, २०७८, २०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९