३३ जनामा सङ्क्रमण, ८९ जना निको

३३ जनामा सङ्क्रमण, ८९ जना निको


३३ जनामा सङ्क्रमण, ८९ जना निको


काठमाडौँ, । कोरोना भाइरसको सङ्क्रमण आज ३३ जनामा देखिएकोे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको छ । 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८४२ जना रहेका छन् ।

पछिल्लो समय ८९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । 

शून्य सङ्क्रमित भएको १८ जिल्ला पुगेका छन् । मन्त्रालयका अनुसार इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्व रुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।  नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत  छ ।

हाल होम आइसोलेसनमा ८०६ , संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । 
विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका छन् । 


प्रकाशित मिति: सोमबार, २१ चैत, २०७८, २०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९